Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

सबैले श्रम गर्नुपर्छ, प्रधानमन्त्री पनि त्यही श्रमिकबाट बन्नुपर्छ : हर्क साम्पाङ

सबैले श्रम गर्नुपर्छ, प्रधानमन्त्री पनि त्यही श्रमिकबाट बन्नुपर्छ : हर्क साम्पाङ

सुनसरी : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताएका छन्।श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, “काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ। श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ।”

अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने चलनलाई चुनौती दिँदै भने, “देशमा कामलाई सानो भनिएकै कारण विकास भएको छैन।हामीले श्रमिकलाई अपमान गर्न हुन्न र सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ। आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नुपर्छ। विकास र निकास श्रम संस्कृतिले मात्र सम्भव छ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट