Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

नेतन्याहुलाई सरकार गठनको मौका नदिने संकेत, नयाँ प्रधानमन्त्री घोषणा गर्दै राष्ट्रपति

नेतन्याहुलाई सरकार गठनको मौका नदिने संकेत, नयाँ प्रधानमन्त्री घोषणा गर्दै राष्ट्रपति

काठमाडौंः इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्दैछन्। इजरायलमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ। विपक्षी गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ।

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका नदिने विश्वास गरिएको छ। 

इजरायलमा कुनै पनि दलले कहिल्यै बहुमत प्राप्त गरेका छैनन्। यसैले त्यहाँ सधैँ गठबन्धन सरकार बन्ने गरेका छन्। राष्ट्रपति हर्जोगले बिहीबार संसद्मा निर्वाचित सबै दलका नेतासँग वार्ता गरेका थिए।

त्यसपछि उनले भनेका छन्, ‘पहिलो नजरमा सांसदहरूको विचार स्पष्ट देखिए पनि धेरै मुद्दामा विभिन्न राजनीतिक गुटमा असहमति छ।’ उनका अनुसार दलहरूबिच एकअर्काप्रति पनि आपत्ति छ। त्यसैले सरकार गठनको निर्णय सांसदहरूको सिफारिसका आधारमा मात्र गर्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट