Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भोटेकोशी बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

भोटेकोशी बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक (प्रतिवेदन सहित)

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी-त्रिशूली-नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो ।

बुधबार बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको सूचना प्राप्त भए लगत्तै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो । यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार र दिउँसो १ः०० बजे मुग्लिङ पार गर्दै ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

बुधबार बेलुका ६ः३० बजे देवघाटमा बहाब सामान्य अवस्थामा करिब ४ मिटरमा फर्किइको प्रतिवेदनमा उल्लेख छ ।

Bhote 5-16f5f1ea-ce7c-475e-83ee-66f7ff58b16e.jpeg
undefined

Bhote 5-16f5f1ea-ce7c-475e-83ee-66f7ff58b16e.jpeg

Bhote3-0ebdd887-b0ed-4e91-bacc-f1b7a9f3eb18.jpeg
undefined
Bhote4-e0c6b5b3-e000-4c33-86df-b28958da4c14.jpeg
undefined
Bhote6-f7e97a9b-f14b-4d87-a717-5003f6ff25f5.jpeg
undefined
Bhote6-f7e97a9b-f14b-4d87-a717-5003f6ff25f5.jpeg
undefined
Bhote8-eaf1ecb8-3bff-4edc-8887-1674903cbcb2.jpeg
undefined
Bhotekoshi1-dc56f5c0-540a-44e0-92ac-e0a38d2b4cef.jpeg
undefined

Bhotekoshi1-dc56f5c0-540a-44e0-92ac-e0a38d2b4cef.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij