Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।बिहीबार बिहान भएको दुर्घटनामा ५१ वर्षीया गीता तिमल्सिनाको मृत्यु भएको हो । उनी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की स्थायी बासिन्दा तथा हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बिहान ७ः३० बजे आँखा अस्पतालतर्फबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएको २० मिनेटपछि बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तिमल्सिना काठमाडौंको शङ्खरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।उनको शव पोस्टमार्टमका लागि दिउँसो १२ बजे दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट