Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

कालीकोटमा पहिरोबाट एक जनाको मृत्यु

कालीकोटमा पहिरोबाट एक जनाको मृत्यु

सुर्खेत : कालीकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन् । उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार सहकारी बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा नरहरिनाथ गाउँपालिका–५ स्थित कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए ।
पहिरोमा परी गम्भीर घाइते भएका सहकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव आफन्तले घरमा ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij