Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भारतले पठायो दोस्रो लटको राहत सामग्री

भारतले पठायो दोस्रो लटको राहत सामग्री

काठमाडौँ : भारत सरकारले भोटकोशीमा आएको बाढी पीडितको राहतका लागि दोस्रो लटको राहत सामग्री पठाएको छ । भारतका विदेशमन्त्री एस.जयशंकर अनुसार ३७.५ टन मानवीय सहायता तथा विपत् राहत सामग्री, औषधी लगायतका सामग्री भारतीय विमान नेपालका लागि उडेको छ ।

हिजो पनि भारतले १० टन बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तर गरिएको थियो । नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा भारत सरकार रहेको बताउँदै मन्त्री जयशंकरले सङ्कटको यस घडीमा नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतले आफ्नो तर्फबाट निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट