काठमाडौं : भदौ १० गतेको तिब्बतबाट आएको ‘रसुवा बाढी’का कारण नेपाल इन्भेष्टमेन्ट मेघा बैंक(एनआईएमबी) मा कार्यरत ७ जना कर्मचारी सम्पर्क विहिन भएका छन् ।
बैंकले आज एक सूचना प्रकाशित गरी सम्पर्कमा नआएका कर्मचारीहरुको नाम सार्वजनिक गरेको हो । एनआईएमबी बैंकको टिमुरे र स्याफ्रुबेसी शाखा तथा मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत ७ जना कर्मचारीहरु हालसम्म पनि सम्पर्कमा नआएको भन्दै बैंकले कसैसँग सम्पर्कमा आएको भए बैंकमा जानकारी गराउन अनुरोध गर्दै सूचना प्रकाशित गरेको छ ।
बैंककका अनुसार स्याफ्रुबेशी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बादावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पर्कविहिन छन् । त्यसैगरी, टिमुरे शाखामा कार्यरत डोल्मा लामा तथा मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि हालसम्म सम्पर्कमा नआएको बैंकले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij