Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

सुदूरपश्चिमका केही ठाउँमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमका केही ठाउँमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर : जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

महाशाखाले सूचना जारी गर्दै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलगायत पहाडी जिल्लामा ससाना नदीमा पानीको बहाव उलेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले महाकाली नदीमा पानीको बहाव उलेख्य बढ्ने भएकाले नदी तटीय तथा होचा भ"भागका बासिन्दाले सतर्क रहन आग्रह गरेको छ। सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचित गराउने र आवश्यक तयारी शुरु गर्न महाशाखाले सूचना जारी गरेको छ ।  

सुदूरपश्चिमका पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ, जसका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल-भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बिहीबार बिहान महाकाली नदीमा पानीको बहाव एक लाख २० हजार ५८० क्युसेक पुगेको छ। ‘महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा व्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइन्छ’, उनले भने। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट