Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

डा. केसीद्वारा सरकारी वार्ता टोली अस्वीकार, मन्त्री वा प्रधानमन्त्री नेतृत्वको टोलीसँग मात्रै वार्ता गर्ने अडान

डा. केसीद्वारा सरकारी वार्ता टोली अस्वीकार, मन्त्री वा प्रधानमन्त्री नेतृत्वको टोलीसँग मात्रै वार्ता गर्ने अडान

काठमाडौँ :  डा. गोविन्द केसीले सरकारद्वारा वार्ताका लागि पठाइएको टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्।
बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले आफ्नो अडान सुनाउँदै फिर्ता पठाएका हुन्।
डा. केसीले शिक्षा मन्त्री वा प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको टोलीसँग मात्र वार्ता गर्ने बताएका छन्। यसअघि २०८३ साउन ११ गते भएको सहमतिमा दुई जना सचिवले हस्ताक्षर गरे पनि त्यसलाई राजनीतिक नेतृत्वले अपनत्व लिएर कार्यान्वयनको प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।
उनले विगतमा भएका सहमति तथा अब हुने सहमति कार्यान्वयन गर्ने अख्तियारी पाएको राजनीतिक तहको नेतृत्वमा गठन भएको टोलीसँग मात्र वार्ता गर्ने स्पष्ट पारेका छन्।
त्यसैगरी, वार्तामा बस्नुअघि आफ्नो अघिल्लो सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने डा. केसीको पूर्वसर्त छ।

सरकारले पठाएको वार्ता टोलीलाई यही सन्देश दिँदै उनले आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन्। अघिल्लो सहमति कार्यान्वयन नभएसम्म नयाँ वार्ता अघि बढाउन नसकिने उनको अडान छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट