Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

तालबाराही क्षेत्र नजिक कायकिङ गर्दै गर्दा उदयपुरका युवकको मृत्यु

तालबाराही क्षेत्र नजिक कायकिङ गर्दै गर्दा उदयपुरका युवकको मृत्यु

पोखरा :  फेवातालमा कायकिङ गर्ने क्रममा उदयपुरका २१ वर्षीय आयुष तामाङको डुबेर मृत्यु भएको छ।तालबाराही मन्दिर पछाडिको क्षेत्रमा कायकिङ गर्ने क्रममा तामाङ डुबेर मृत्यु भएको हो।

मानिस डुबेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका फेवा रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो। 


सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली आवश्यक उद्धार सामग्री लिएर खोज तथा उद्धारमा खटिएको थियो।
सशस्त्रको टोलीले खोजी गरेर उद्धार गरे पनि अस्पतालले  मृत घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट