Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

काठमाडौं : एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक Apple Pay र Google Pay मार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार अब बैंकको ई–कमर्स पेमेन्ट गेटवे CyberSource मा आबद्ध मर्चेन्ट ग्राहकले विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

यस सेवामार्फत अन्तर्राष्ट्रिय ग्राहकले भौतिक कार्ड प्रयोग नगरी Apple तथा Google Android मोबाइलमा आफ्नो कार्डको विवरण Tokenize गरी सहज रूपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न सक्नेछन् ।

विशेषगरी होटल, टुर्स एन्ड ट्राभल्स, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी तथा अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने अन्य व्यवसायलाई यो सेवा उपयोगी हुने बैंकको भनाइ छ ।

बैंकका अनुसार नयाँ सुविधाले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि परिचित र सहज भुक्तानी प्रणाली उपलब्ध गराउनुका साथै अन्तरदेशीय व्यापार विस्तार र विदेशी मुद्रा आर्जनको सम्भावनालाई समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपालमै पहिलो पटक सुरु गरिएको दाबी गरिएको यस सेवाले भुक्तानी प्रक्रियालाई थप सहज र सुरक्षित बनाउने तथा पर्यटन तथा आतिथ्य क्षेत्रको प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्रबहादुर रावलका अनुसार डिजिटल भुक्तानीलाई थप आधुनिक र सुरक्षित बनाउँदै नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij