Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आज देशका यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं  : मौसम पूर्वानुमान महाशाखाका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

त्यस्तै, कोसी, मधेस, वाग्मती प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

आइतबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij