काठमाडौँ । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका प्रभावकारी बनाउन उम्मेदवारी घोषणा गरेका हुन् ।
कटुवालले कांग्रेसको संगठनलाई थप सुदृढ र चलायमान बनाउन, युवाको सहभागिता बढाउन तथा रामेछापका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन् । “केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्याउने जिम्मेवारी पनि हो,” उनले भनेका छन् ।
कलाकारितासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय कटुवालले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताएका छन् । उनले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय सदस्यमा आफूलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन्
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij