Logo

Oct 06 2026 | २०८३, आश्विन २०गते

मौलाकालिका अस्पताल सञ्चालक समितिको अध्यक्षमा पुनः डा.मानन्धर

मौलाकालिका अस्पताल सञ्चालक समितिको अध्यक्षमा पुनः डा.मानन्धर

भरतपुर : भरतपुरको वाईपास रोडमा रहेको मौलाकालिका अस्पताल प्रा.लि. सञ्चालक समितिको अध्यक्षमा पुनः डा.माणिकलाल प्रधान चयन हुनु भएको छ । अस्पतालको आज आईतबार सम्पन्न १७ औं साधारण सभा तथा अधिवेशनले नौ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिका सदस्यहरुमा डा. केशव भुर्तेल, डा. रमेश घिमिरे, डा. दिपेन्द्र न्यौपाने, डा.सुरेश प्रधान, डा.खगेन्द्र काफ्ले, ईश्वरी पण्डित, कृष्ण भुर्तेल र नेत्र भुषाल रहनु भएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष डा. माणिकलाल प्रधान र डा. केशव भुर्तेल लगायतले बोल्नु भएको थियो । उहाँहरुले २५ वर्षदेखि सेवा दिंदै आएको अस्पताल आफ्नै जग्गामा बनेको अत्याधुनिक भवनमा सञ्चालन गर्न सकिएको भन्दै अस्पतालको सेवा सुविधालाई अझै सुदृढ गर्दै लग्नु पर्नेमा जोड दिनुभयो । आधुनिक उपकरण र दक्ष जनशक्ति थप गर्दै सुपरस्पेशालिटी सेवालाई थप मजबुद र बृहत गर्दै लैजानु पर्ने उहाँहरुको भनाई थियो । अस्पतालमा इनफर्टिलिटि (आईभिएफ) सेवा शुरु गरिएको भन्दै उहाँहरुले यो सेवालाई अझै विस्तृत रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. रमेश घिमिरेले अस्पततालको विकास, विस्तार र प्रगतिमा निरन्तर विश्वास, सहयोग तथा मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण धेयरधनी, सञ्चालक समिति, चिकित्सक, कर्मचारी, विभिन्न संघ संस्था, सेवाग्राही र शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दै डा. घिमिरेले अस्पताललाई अझ गुणस्तरीय, आधुनिक तथा विशिष्टिकृत स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गोमा पौडेल स्वागत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट