काठमाडौंः अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ। अमेरिकाको यो कदम प्रति–आतंकवाद प्रहरीले अनुसन्धान गरिरहेको गम्भीर घटनापछि आएको हो।
अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार जारी गरेको वक्तव्यमा सैन्य आधारमा रहेका सबै बमवर्षक विमानलाई अमेरिकास्थित उनीहरूका मुख्य सैन्य आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन्।
विमान फिर्ता बोलाउनुको स्पष्ट कारण अमेरिकाले सार्वजनिक गरेको छैन। तर, गत सेप्टेम्बर २७ मा ग्लुस्टरशायरस्थित उक्त हवाई अड्डानजिकै तीनवटा शंकास्पद सवारीसाधन फेला परेपछि विकसित घटनाक्रमसँग यसलाई जोडेर हेरिएको छ।
घटनापछि पाँचजना पुरुषलाई आतंकवादी गतिविधिसम्बन्धी शंकामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो। पछि बेलायती–इरानी नागरिकता भएका २५ वर्षीय व्यक्तिलाई पनि लन्डनबाट पक्राउ गरिएको थियो। उनलाई समेत शनिबार धरौटीमा रिहा गरिएको प्रति–आतंकवाद प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij