चितवन : चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत निर्वाचित भएका छन्।
undefined
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार सदस्यहरूमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल निर्वाचित भएका छन्।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद भण्डारी चयन भएका छन्। समितिका सदस्यमा बलराम अधिकारी र तेजकुमारी काफ्ले रहेका छन्। पुनः अध्यक्षमा निर्वाचित वगालेले चितवनको दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता जनाएका छन्।
undefined
बगालेले संघले सन् २०८७ सम्मका लागि योजना तयार गरिसकेको जानकारी दिँदै दुग्ध क्षेत्रको विकासका लागि थप रणनीतिक काम गर्ने बताए। संघले दूधको विविधीकरणसँगै दुग्ध उद्योग, दाना उद्योग र मार्टसमेत सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले यी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्ए।
चितवनको दुग्ध क्षेत्रलाई देशकै लागि उदाहरणीय र नमुना बनाउन आफूले पहल गर्ने बताउँदै बगालेले दुग्ध उत्पादक किसानको हित र समग्र दुग्ध क्षेत्रको विकासलाई प्राथमिकता दिने बताए।
उनले चितवनको दुग्ध क्षेत्रलाई देशकै लागि अनुकरणीय नमुनाका रूपमा विकास गर्ने उद्घोष पनि गरे ।