Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

मुग्लिनमा निःशुल्क स्वास्थ्य परीक्षण ,१०५ जना चालक तथा सह-चालक लाभान्वित

मुग्लिनमा निःशुल्क स्वास्थ्य परीक्षण ,१०५ जना चालक तथा सह-चालक लाभान्वित

चितवन : इच्छाकामना गाउँपालिका, इच्छाकामना जेसिज, इलाका प्रहरी कार्यालय मुग्लिङ ट्राफिक प्रहरी कार्यालय     होटल व्यवसाय सङ्घ उद्योग संघ मुग्लिङको संयुक्त आयोजनामा इच्छाकामना-५ स्थित  सिराइचुली होटल एण्ड गेस्ट हाउसको प्रांगणमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मुग्लिङ भई यात्रा गर्ने करिब १०५ जना सवारी चालक तथा सह(चालकहरूले स्वास्थ्य परीक्षण गराई लाभ लिएका छन्।
गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता तथा वडा नं.५ का अध्यक्ष तेज बहादुर शेरचन र इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख डिल्ली बहादुर खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजित शिविरमा उद्योग वाणिज्य संघ नेपाल, ट्राफिक प्रहरी कार्यालय, उद्योग संघ, होटल व्यवसायी संघ, एपोलो युथ एसोसिएसन र इच्छाकामना जेसिज लगायत इच्छाकामना(५ मा रहेका सम्पूर्ण संघ(संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट