Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

तिहारको झिलिमिलीमा हराउँदै माटोका पाला, संकटमा प्रजापतिको पुर्ख्यौली पेसा

तिहारको झिलिमिलीमा हराउँदै माटोका पाला, संकटमा प्रजापतिको पुर्ख्यौली पेसा

भक्तपुर : तिहारका समयमा माटोका दियोको सट्टा झिलिमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । तिहार आउन लागेसँगै निकै व्यस्त हुने गरेका भक्तपुरका प्रजापति समुदाय पछिल्ला केही समयदेखि माटोको दियोको बिक्री र माग घटेको गुनासो गर्छन् ।२० वर्षदेखि पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका साजन प्रजापति यही क्रम चलिरहे माटोको काम गर्ने अन्तिम पुस्ता आफ्नै हुने आकलन गर्छन् ।'आजभन्दा १० वर्षअघि हामी जति व्यस्त हुन्थ्यौँ, अहिले त्यो अवस्था छैन । अहिले माग निकै कम छ । करिब १०० परिवार हामी माटोको पाला बनाउने काम गर्थ्यौँ, निकै व्यस्त हुने गर्थ्यौँ त्यो समयमा तर अहिलेको अवस्थामा चाहिँ भारत र विदेशबाट बत्तीहरू आउन थालेपछि माग कम नै छ,' साजनले रातोपाटीसँग भने ।

विगतमा अत्यधिक बिक्री हुने माटोको दियो बिक्री हुन छाडेपछि व्यवसायीहरू समेत विस्तारै अर्को व्यवसायमा विस्थापित हुन थालेका छन् ।चाडपर्व मनाउने तौरतरिकासमेत आधुनिकतातर्फ उन्मुख हुँदा दियोको सट्टा विद्युतीय बत्तीको प्रयोग बढेको र पुर्ख्यौली व्यवसाय धराशायी बन्दै गएको उनको गुनासो छ ।भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन, धादिङ, नुवाकोट, पोखरा लगायतका स्थानसम्म पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट