Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै एमाले

केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै एमाले

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था थप कडा बनाएको छ। सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हटाएपछि पार्टीले पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीलाई कार्यालय सुरक्षाको जिम्मेवारी दिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जनाएका छन्।

कार्यालय परिसरमा सुरक्षा जोखिम बढ्न सक्ने आकलन गर्दै पार्टीले चौतर्फी रूपमा शक्तिशाली क्लोज्ड सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा जडान गरी निगरानीसमेत बढाएको छ। वि.सं. २०४८ देखि सरकारले एमालेको केन्द्रीय कार्यालयलाई उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीबिना हटाइएको पार्टीको भनाइ छ।

सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेको महसुस भएपछि आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको एमालेले जनाएको छ। नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको पहरा दिनेछ।

यसका साथै सीसीटीभी क्यामेरामार्फत कार्यालय परिसरका गतिविधिमाथि निरन्तर निगरानी गरिनेछ। सरकारी सुरक्षा सेवा हटेपछि कार्यालयको सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पार्टीले यस्तो कदम चालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट