Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

अब जुनसुकै जिल्लाको नागरिकता प्रतिलिपि काठमाडौँ उपत्यकाका सिडिओ कार्यालयबाट पाइने

काठमाडौँ : सरकारले उपत्यका बाहिरका जिल्लाका नागरिकले काठमाडौँ उपत्यकामै नागरिकता प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ । गृह मन्त्रालयले सेवामा सहजीकरण गर्दै यो व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार विहान सूचना जारी गरी अन्य जिल्लाको नेपाली नागरिकताको प्रतिलिपि पाउन सकिने जानकारी दिएको छ । सूचनाअनुसार नेपाल सरकारको १००बुँदे शासकीय सुधार कार्यसूची (बुँदा नम्बर २१)को प्रतिबद्धता र नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकिन्छ ।

'आफ्नो नागरिकता आगलागी भई वा पानीले भिजी नष्ट भएमा, च्यातिई काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक भएमा वा अन्य कुनै कारणले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुका लागि यो सूचना जारी गरिएको छ,' सूचनामा भनिएको छ । यस व्यवस्थाको कार्यान्वयनका लागि गृह मन्त्रालयले कात्तिक ९ को परिपत्र गरेको थियो । परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं वा अन्तर्गतबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन् । 

जिल्ला प्रशासन कार्यालय ललितपुर वा अन्तर्गतबाट कर्णाली र सुदूर पश्चिम प्रदेशका जिल्लाका सेवाग्राहीको सेवा लिन पाउनेछन् ।  जिल्ला प्रशासन कार्यालय भक्तपुर वा अन्तर्गतबाट कोशी प्रदेश र मधेश प्रदेशका जिल्लाका सेवाग्राहीको सेवा लिन पाउनेछन् । जिप्रका काठमाडौँले आफ्नो क्षेत्रभित्र पर्ने जिल्लाका नागरिकता प्रमाणपत्र वाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा भएको विवरणसँग हुबहु भिडेको अवस्थामा नागरिकता प्रतिलिपि जारी गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट