काठमाडौँ : सिंहदरबार भित्रै गाडीले ठक्कर दिँदा एक जना सांसद घाइते भएकी छन् । शुक्रबार सिंहदरबार भित्र जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई गाडीले ठक्कर दिएको हो । ट्राफिक प्रहरी स्रोतका अनुसार बा.१७ च ८८०७ नम्बरको उनलाई ठक्कर दिएको हो । सो गाडी पूर्वधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको भएको दाबी गरिएको छ ।
त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । गाडीको ठक्करबाट सांसद गैरो सामान्य घाइते भएकी छन् । उनलाई त्यही गाडीले उपचारको लागी ट्रमा सेन्टर लगेको थियो । गैरे नेकपाकी सांसद हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij