Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

साइबेरियामा रुसी सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

साइबेरियामा रुसी सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

साइबेरिया :  रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार एएन–१२ सैन्य यातायात विमान दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ।


रुसी सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार विमान बस्ती नभएको क्षेत्रमा खसेको थियो। दुर्घटनापछि लागेको आगो आपत्कालीन उद्धार टोलीले नियन्त्रणमा लिएको क्षेत्रीय गभर्नर इल्या सेरेदियुकले बताएका छन्।

घटनास्थलमा अनुसन्धान टोली खटाइएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट