Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

क्यानबेरा : चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया एकै वर्षमा २६ स्थान माथि पुगेको छ । जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको ‘क्लाइमेट रिस्क इन्डेक्स’अनुसार सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया सन् २०२५ मा २९औँ स्थानमा पुगेको हो ।प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही दिनअघि अस्ट्रेलियाको मौसम विभागले देशमा ‘बलियोदेखि अत्यन्त बलियो एल निनो’ विकसित भइरहेको जनाएको थियो । विभागका अनुसार यसको प्रभावले तापक्रम बढ्ने, मौसम थप सुक्खा हुने र डढेलोको जोखिम बढ्ने सम्भावना छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर ३६७ वटा चरम मौसमी घटना भएका थिए । ती घटनामा करिब ३५ हजार मानिसको मृत्यु भयो भने १० करोडभन्दा बढी मानिस प्रभावित भए । प्रत्यक्ष आर्थिक क्षति १५८ अर्ब अमेरिकी डलरभन्दा बढी थियो ।विश्वभर सबैभन्दा धेरै मानवीय क्षति गर्मीको लहरले गराएको प्रतिवेदनमा उल्लेख छ । गर्मीको लहरबाट मात्रै २४ हजार ४०७ जनाको मृत्यु भएको थियो । यो संख्या त्यस वर्ष चरम मौसमी घटनामा ज्यान गुमाउनेको झन्डै ७० प्रतिशत हो । आर्थिक क्षति भने सबैभन्दा बढी आँधीबेहरीबाट भएको थियो ।

प्रतिवेदनकी सहलेखक लिसा शुल्थाइसका अनुसार विशेषगरी विकासोन्मुख देशहरूमा गर्मीका कारण भएका कतिपय मृत्यु अभिलेखमा छुटेका छन् । त्यसैले गर्मीबाट ज्यान गुमाउनेको वास्तविक संख्या अझ बढी हुन सक्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट