Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

बालेनको भारत भ्रमणमा ऐतिहासिक ब्रेक थ्रु, भैरहवाको हवाई रुट दिन भारत सहमत

काठमाडौं : भारतले नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेको हो।प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा भैरहवाको हवाई रुट उपलब्ध गराउने सहमति भएको एक अधिकारीले जानकारी दिए।दुई प्रधानमन्त्रीबीचको संयुक्त पत्रकार सम्मेलनमा भने हवाई रुटबारे औपचारिक घोषणा गरिएको थिएन। छलफलका क्रममा भारतले भैरहवाका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको ती अधिकारीले बताए।

त्यस्तै, नेपाल–भारतबीच देखिएका सीमा समस्यालाई पनि कूटनीतिक छलफलमार्फत समाधान गर्ने सहमति भएको छ। दुई देशबीचको सीमा विवाद र समस्यालाई वार्ता तथा कूटनीतिक माध्यमबाट अघि बढाउने समझदारी भएको अधिकारीको भनाइ छ।भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि पश्चिमतर्फबाट सहज हवाई प्रवेश रुट नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा विस्तारमा समस्या हुँदै आएको छ। भारतबाट हवाई रुटको सहमति जुटेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, रेल सेवा तथा आर्थिक सहयोगलगायत विषयमा पनि सहमति र घोषणा भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट