Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता

रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता

काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बिहीबार भेटवार्ता भएको छ। सभापति लामिछानेको निवास बूढानीलकण्ठमा करिब पाँच घण्टासम्म आत्मीय र सौहार्दपूर्ण वातावरणमा संवाद भएको हो।

दुई नेताबीच भारत भ्रमणका विविध आयाम र उपलब्धिहरूमाथि सघन छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ। यस क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण तथा भ्रमणका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराए।

छलफलमा आगामी निर्वाचनहरू र त्यसको तयारीका सन्दर्भमा समेत कुराकानी भएको छ। यसैगरी पार्टीले शुरु गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री, मन्त्रालय र सरकारका कामकारवाहीका साथै अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि दुवै नेताबीच विचार–विमर्श भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट