Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

जिउज्यानको सुरक्षा माग्दै इनम सापकोटा पुगे मानव अधिकार आयोग

जिउज्यानको सुरक्षा माग्दै इनम सापकोटा पुगे मानव अधिकार आयोग

काठमाडौं :   पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि  पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको र मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले आयोगमा निवेदन दिएकी हुन् । निवेदनमा सापकोटालाई आफूलाई थाहा नभएका र झुटा विषयमा हस्ताक्षर गर्न दबाब दिइएको उल्लेख छ ।

निवेदनमा भनिएअनुसारको कागजमा लामो समयसम्म हस्ताक्षर गर्न अस्वीकार गरेपछि सापकोटालाई  मुद्दा लगाएर जेल हाल्ने धम्की दिएको जिकिर गरिएको छ । त्यसपछि आँखामा पट्टी र चश्मा लगाएर गाडीमा राखी अन्यत्र लगिएको  समेत निवेदनमा उल्लेख छ।

सापकोटाले आफू र परिवारको जिउज्यानको सुरक्षा गर्न, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही गर्न तथा आफ्नो गोपनीयताको हकसहित मौलिक हकको संरक्षण गर्न आयोगसँग माग गरेका छन् ।

 राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आयोगमा निवेदन परेको पुष्टि गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट