Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत

रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत भएका छन् ।

समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटी, डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल मनोनीत भएका हुन् । बुर्लाकोटी समितिका संयोजक हुन् भने अन्य पाँच जना सदस्य रहेका छन् ।
क्यान्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

बैठकमा उम्मेदवारका आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल भएको छ ।

त्यस्तै, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने र उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम र प्रक्रिया तयार गर्ने विषयमा पनि छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट