Logo

Oct 24 2026 | २०८३, कार्तिक ८गते

बस्ती पसेर दुःख दिइरहेको पोथी पाटे बाघ नियन्त्रण

बस्ती पसेर दुःख दिइरहेको पोथी पाटे बाघ नियन्त्रण

बस्तीमा पसेर स्थानीयलाई दुःख दिइरहेको पोथी पाटे बाघ करिब सात घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको छ ।ठाकुरबाबा नगरपालिका अन्तर्गत अम्रेनी स्थितबाट बिहीबार बिहान ९ बजे पोथी पाटे बाघलाई डाँट गरी नियन्त्रणमा लिइएको हो । उक्त पोथी बाघले बस्तीमा पसेर खसी बाख्रा खाएर स्थानीयलाई दुःख दिइरहेको थियो । बस्तीतर्फ बाघ आएको राती १ बजे फोनमार्फत जानकारी आएको बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्त बहादुर मगरले बताए ।

‘थप मानवीय क्षति रोक्न समस्याग्रस्त बाघ नियन्त्रणमा लिएका छौँ,’रेन्जर मगरले भने,‘नियन्त्रणमा लिइएको बच्चा पोथी पाटे बाघ हो ।’ बाघको स्वास्थ्य चेकजाँच भइरहेको छ । बाघलाई कहाँ लैजाने तत्काल भन्ने स्थिति छैन । नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले बाघ नियन्त्रण लिन सफल भएको छ ।रम्मापुर वन्यजन्तु उद्धार केन्द्रमा ३ वटा र ठाकुरद्वारा निकुञ्जको मुख्यालयमा २ वटा गरी ५ वटा पाटे बाघ उद्धार केन्द्रमा रहेको रेन्जर मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij