काठमाडौं : नेपाली रक ब्याण्ड ‘रक हेड नेपाल’ ले भरतपुरमा प्रस्तुति दिने भएको छ । ब्याण्डले फागुन १४ गते महाशिवरात्रिको दिन सिजी ल्याण्डमार्क स्थित चौथो तलमा रहेको क्लब हार्मोनी हाईटमा प्रस्तुति दिने भएको हो । ब्याण्डले बेलुकी ८ बजेबाट चर्चित गीतसहित आफ्नो प्रस्तुति दिने कार्यक्रम सञ्चालक सुदिप विकेले जानकारी दिनुभयो।
कन्सर्टका लागि टिकट मूल्य समेत निर्धारण गरिएको छ । साधारण तर्फ ७ सय र एक हजार रूपैयाँ तोकिएको छ । प्रि टिकट लिनेले ७ सय र डोर टिकटको रु एक हजारमा टिकट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । ब्याण्डका रंग, हजार जन्म, धुन, भावनालगायतका गीतहरु युवा पिडीमाझ लोकप्रिय छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij