Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

ममी प्रियंकालाई पछ्याउँदै छोरी आयङ्काले गरिन् कलाकारितामा डेब्यु

ममी प्रियंकालाई पछ्याउँदै छोरी आयङ्काले गरिन् कलाकारितामा डेब्यु

काठमाडौं : ममीलाई पछ्याउँदै अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्काले कलाकारितामा डेब्यु गरेकी छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘बालापनको उमेर २’ शुक्रबार युट्युबमा रिलिज भएको छ ।

प्रियंकाले सामाजिक संजालमा छोरीसँगका नाचगानका रमाइला भिडियो सेयर गर्दै आएकी थिइन् । ती भिडियोमा प्रशंसकले आयङ्का पनि ममीजस्तै कलाकार बन्ने भन्दै कमेन्ट गरिरहेका हुन्थे । नभन्दै, आयङ्काले म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

यो म्युजिक भिडियोबाट कलाकार सरोज ओलीकी ६ वर्षिया छोरी आन्भीले पनि कलाकारितामा डेब्यु गरेकी छिन् । म्युजिक भिडियोमा प्रियंकालाई पनि देख्न सकिन्छ । कोरसमा अन्य बालिकाले पनि नाचेका छन् ।

बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा सुरक्षा बाठा मगरको स्वर छ । गीतको कोरियोग्राफी र भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियोको निर्माण सरोज ओलीले गरेका हुन् ।‘बालापनको उमेर’ ६ वर्षअघि रिलिज भएको गीत हो जुन फिल्म ‘नाइँ नभन्नु ल ५’मा समावेश थियो । सापकोटाकै शब्द संगीत रहेको गीतलाई समीक्षा अधिकारीले गाएकी थिइन् ।

https://youtu.be/dzgVLRu0kZY

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij