Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘लाज शरणम्’को अहिलेसम्मको व्यवसाय कति ?

‘लाज शरणम्’को अहिलेसम्मको व्यवसाय कति ?

काठमाडौँ : बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । पहिलो दिन अर्थात बुधबार एक करोड १० लाख व्यवसाय गरेको छ । फिल्मका वितरक मनोज राठीले पहिलो दिनको व्यवसाय सार्वजनिक गर्दै दोस्रो दिनको व्यवसाय आउन बाँकी रहेको बताए ।दर्शकले फिल्मको सुन्दर कर्णालीको दृश्य बढी मन पराएका छन् । फिल्म रहेको कर्णालीका दुःखले आफ्नो मन छोएका दर्शकले प्रतिक्रिया दिएका छन् ।

लोकप्रिय हास्य टेलीश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । फिल्म कुमार कट्टेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij