काठमाडौं : शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ले देशब्यापी डेढसय हाराहारीमा शो प्राप्त गरेको छ । बुधबार बेलुकादेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको छ ।क्यूएफएक्स चेनले देशब्यापी ८० शो दिएको छ । विहीबार बेलुकासम्म शो संख्या अझै वृद्धि हुने अनुमान गर्न सकिन्छ । ब्यानर, श्रृंखलाको विगतको बक्सअफिस प्रस्तुति र स्टारकास्ट हेरेर हलले शो वितरण गर्ने चलन छ ।
‘होस्टेल’का अघिल्ला दुवै श्रृंखला हिट हुन् । निर्माता, निर्देशक र कलाकार हेरफेरसहित तेस्रो श्रृंखला आउन लागेको हो । ट्रेलर र प्रचारप्रसारले सकारात्मक हाइप बनाएकाले हल सञ्चालकले बक्स अफिसमामा राम्रो व्यापार गर्ने अनुमान गरेका छन् ।रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो । अहिलेसम्म ट्रेलरलाई २१ लाखभन्दा धेरै पटक हेरिएको छ ।
सशान कँडेल ‘सन्तोष’ले निर्देशक गरेको फिल्ममा कूल ब्वाय नामले चर्चित पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतका कलाकार छन् ।निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij