Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

यस्तो छ फिल्म ‘खेल’को शीर्ष गीत

यस्तो छ फिल्म ‘खेल’को शीर्ष गीत

काठमाडौँ : आगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीत शब्द तथा स्वर ‘स्याम्मी डी रियल जी’को छ, भने संगीत सुरज ब्लुजको रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्य लगायतको अभिनय छ ।‘खेल’लाई बलिउडका अनुभवी सह–निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन्। फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रण बताइन्छ ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह–निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् ।फिल्ममा छायाँकन रोशन राई र सञ्जय लामा, सम्पादन आशिषराज महर्जनको छ । फिल्मको वितरण डिसिएनले गर्नेछ ।

https://youtu.be/gkWDsIzODqw

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij