काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् । सिनेमा हेरेर उनले धुर्मुसको तारिफ गर्दै भने, “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।”
चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ र्यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”
कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij