Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

माइकल चन्दले निर्देशन गर्ने 'राम नाम सत्य'मा बिराज भट्टले साइन गरे

माइकल चन्दले निर्देशन गर्ने 'राम नाम सत्य'मा बिराज भट्टले साइन गरे

अभिनेता विराज भट्टले नयाँ फिल्म साइन गरेका छन्। फिल्म '१२ गाउँ २' बनाउन लागेको चर्चा चलिरहँदा उनले 'राम नाम सत्य' साइन गरेका हुन्। फिल्म माइकल चन्दले निर्देशन गर्नेछन्।

निर्देशक र विराजबीच सोमबार कागजी सम्झौता भएको हो। फिल्म '१२ गाउँ' रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि चुलिएको छ। फिल्मको कथावस्तु र पटकथा मन परेपछि विराज यो फिल्ममा काम गर्न तयार भएको बताइएको छ।म्युजिक भिडिओ निर्देशन गर्दै आएका माइकल चन्दले यो फिल्मको निर्देशन गर्न लागेका हुन्। फिल्ममा कथा पनि उनकै हुनेछ।

फिल्मको निर्मातामा उत्तम गुरूङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ। नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता रहनेछन्।। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ।

यो फिल्मलाई एक्सन, लभ स्टोरी र कमेडीको कथामा निर्माण गरिने जनाइएको छ। निर्देशक चन्दले फिल्ममा केही फरक र विशेष गर्ने योजना रहेका कारण नै प्रि-प्रोडक्सनमा समय लगाएको बताए।अभिनेता विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन्। फिल्मको छायांकन आउँदो वर्षबाट सुरू गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij