Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

ट्रम्पको चेतावनी : डजमार्फत मस्कको कम्पनीहरूमा जाँच गर्ने

ट्रम्पको चेतावनी : डजमार्फत मस्कको कम्पनीहरूमा जाँच गर्ने

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कको विरुद्धमा उनले नै स्थापना गर्न सहयोग गरेको खर्च कटौती गर्ने एजेन्सी डज (डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी) प्रयोग गर्न सकिने सङ्केत गरेका छन्। यसले ट्रम्प र मस्कबिचको सार्वजनिक विवाद अझ चर्किएको देखिन्छ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखे, ‘एलनले सम्भवत: इतिहासमै कुनै पनि मानिसले पाएकोभन्दा बढी अनुदान पाएका छन्। सायद डजले यसबारे राम्ररी जाँच गर्नुपर्छ । यसबाट ठुलो रकम बचत गर्न सकिन्छ !’ मस्कले तुरुन्तै जवाफ फर्काउँदै लेखे, ‘म त सबै अनुदान कटौती गर्नू भन्छु। अहिल्यै।’

मस्कले ट्रम्पको ‘बिग, ब्युटिफुल बिल’ भनेर चिनिएको बजेट योजनाको आलोचना गर्दै आएका छन्। उनले यो योजना आफूले सरकारी खर्च कटौतीका लागि गरेका प्रयासविपरीत भएको बताएका छन्। गत महिना दुवैबिच पहिलोपटक विवाद सुरु भएको थियो। उनीहरूले सार्वजनिक रूपमा आरोप–प्रत्यारोप गरेपछि मस्क केही हदसम्म पछि हटेका थिए।

हाल कङ्ग्रेसमा ट्रम्पको बजेट विधेयकमाथि मतदान भइरहेको छ। रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत भए पनि केही रिपब्लिकन सांसदहरूले डेमोक्र्याटसँग मिलेर विधेयकको विरोध गरेका छन्।

प्रस्तावित विधेयकमा सीमाको सुरक्षा, रक्षा र ऊर्जाको उत्पादनमा खर्च बढाइने बताइएको छ, जसको खर्च स्वास्थ्य सेवा र खाद्य सहायता कार्यक्रमहरूमा कटौती गरेर बेहोर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij