Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

माधव नेपाल कोरिया प्रस्थान

माधव नेपाल कोरिया प्रस्थान

काठमाडौं : तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका सह(संयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातिर उडेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९७ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी त्यसपछि पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर दक्षिण कोरिया प्रस्थान गरेका हुन्।

नेकपाकी नेतृ उमा भुजेललाई पार्टी प्रवेश गराउने कार्यक्रममा उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै सहभागी भएका थिए। उक्त कार्यक्रम सकेर उनी दक्षिण कोरिया प्रस्थान गरेका हुन्।

अख्तियारले मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी निजी प्रयोजनमा लगाएको आरोपमा नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

 एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभामा सहभागी हुन नेपाल त्यसतर्फ गएको नेकपाले जनाएको छ। नोभेम्बर ४ देखि ७ सम्म दक्षिण कोरियाको राजधानी सोलमा महासभा हुँदैछ।

३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुने महासभामा नेकपा एमालेका तर्फबाट सचिव शेरधन राई नेतृत्वको टोली पनि सोल पुगिसकेको छ। राईसँगै एमालेका डा। गोपाल खनाल पनि प्रतिनिधिमण्डलमा छन्।

आईक्याप एसियाली देशका राजनीतिक दलहरूबीच आपसी समझदारी, सहकार्य र लोकतन्त्रको सुदृढीकरणका लागि छलफल गर्ने अन्तर्राष्ट्रिय मञ्च हो। यसको स्थापना सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij