काठमाडौंँ : कलाकार माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’ मा हिरो अभिनेता दयाहाङ राई रहने भएका छन् । फिल्मका लागि दयाहाङ फाइनल भएको निर्देशक गुरुङले जानकारी दिए । उनले भने– ‘एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने उद्देश्यले ‘पेन्सनपट्टा’ बन्न लागेको हो ।’
माओत्से र दयाहाङको यो दोस्रो सहकार्य हुनेछ । यसअघि माओत्सेको निर्देशनमा डेब्यु फिल्म ‘दयारानी’ दयाहाङले नै अभिनय गरेका थिए । कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने फिल्मले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्नेछ । फिल्मलाई निर्देशक गुरुङले नै निर्देशन गर्न लागेका हुन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङले नै लेखेका हुन् । दयाहाङ बाहेक फिल्ममा अन्य कलाकार छनौटको क्रममा छन् । कास्की जिल्लाको पोखरा आसपासमा छायाङ्कन हुने फिल्म सुशन प्रजापतिले खिच्नेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij