काठमाडौँ : तिज लक्षित गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीतमा रावल जनकको शब्द र सङ्गीत छ । गीतको एरेन्ज सन्दीप कार्कीले गरेका हुन् ।
गीतको भिडियोमा जुना कार्की र नित्या शर्मा आचार्यको अभिनय छ । भिडियोका निर्देशक केशवराज भट्ट हुन् । अमेरिकाको बोस्टन रहदै आएकी गायिका सुशीला गीत संगीतमा नियमित सक्रिय छिन् । उनले यो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् ।
गीतको भिडियो नेपाल र अमेरिकामा छायाङ्कन भएको छ । गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij