वैज्ञानिक कल्पनामा आधारित रहेर तयार पारिएको फिल्म ‘एक्लो’को फस्टलुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन महिना तय गरिएको छ । यो फिल्मलाई पुष महिनामा रिलिज गर्ने बताइएपनि कुन दिनबाट दर्शकमाझ आउँछ भन्ने खुलाइएको छैन । सार्वजनिक भिडियोले दर्शकको उत्साह बढाउने देखिन्छ । प्रदीप शाहीको निर्देशनमा तयार भएको यो फिल्मको पोष्ट प्रोडक्सन बेलायतमा भइरहेको छ । निर्माणपक्षले क्रिसमसको अवसर पारेर पुस महिनामा फिल्म रिलिज गर्ने बताएको छ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठको साथमा बाल–कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय छ । फिल्ममा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ ।
फिल्मका निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सुशीला वादी, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्ममा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको एक्सन छ । नेपालको पहिलो साइफाइ फिल्म भनिएको ‘एक्लो–१’को फस्टलुकमा केही नयाँ अनुभुती दर्शकले गर्न पाउनेछन् ।
https://youtu.be/g-aPFYVLFSI© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij