काठमाडौँ : तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्म छायाङ्कन गरेका छायाकार कबीर लाल र शाहिद लालले नेपाली फिल्म खिच्ने भएका छन् । अभिनेत्री नीता ढुङ्गानाले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘सुख–दुःख’ उनीहरूले खिच्ने भएका हुन् ।
निर्देशक ढुङ्गानाले फिल्म छायाङ्कनको विषयमा आइतबार उनीहरूबिच औपचारिक सम्झौता गरेकी छन् ।
फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ । निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइन् ।
फिल्ममा अभिनय रहने कलाकार केही छनोट भए पनि अहिले जानकारी दिइएको छैन । ‘सुख–दुःख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ गरेर आफूले बनाउने निर्देशक ढुङ्गाना बताउँछिन् ।
‘नीता फिल्मस्’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीका दिन प्रदर्शनमा ल्याइने तयारी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij