Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

निर्देशक खरेलको ‘दुरदेखि आएँ प्रिय’ सार्वजनिक

निर्देशक खरेलको ‘दुरदेखि आएँ प्रिय’ सार्वजनिक

काठमाडौँ : फिल्म निर्देशक समेत रहेको माधवराज खरेल गीतकार पनि हुन् । उनका गीत सङ्गीत बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।

सोही क्रममा उनको शब्द रहेको नयाँ गीत ‘दूरदेखि आएँ प्रिय’ सार्वजनिक भएको छ । गीतमा आधुनिक सहरको विसङ्गति, सम्बन्धको सङ्कुचन र आत्म विरोधाभासको भावलाई गहिरो रूपमा चित्रण गरिएको छ । सो गीतमा गायक डेभिड शंकरको स्वर, राजेन्द्र बजगाईँको सङ्गीत र सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोमा गायक शंकरकै अभिनय छ ।

पूजा ठकुरीको निर्देशन रहेको भिडियोमा युदिन योञ्जनको छायाङ्कन र विनोद बमको सम्पादन रहेको छ । गीतकार खरेलको निर्देशन रहेको पछिल्लो फिल्म ‘चिठ्ठी’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट