काठमाडौँ : थापागाउँस्थित मण्डला थिएटरले आज (२५ गते)बाट नाटक ‘चन्द्रलाई कस्ले मार्यो ?’ मञ्चन गर्ने भएको छ । थियटरले सामाजिक संजालमा एक पोष्टर सार्वजनिक गर्दै नाटकको जानकारी दिएको हो ।
भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, पृतिशा अधिकारी र किरण चापागाईँको अभिनय रहने नाटकको परिकल्पनाकार, लेखक तथा निर्देशक सन्दीप श्रेष्ठ रहेका छन् । नाटकमा निर्देशक श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।
नाटकमा प्रयोग गरिने गीत निर्देशक श्रेष्ठ र किरण चापागाईँले लेखेका छन् । गीतमा मनिष विश्वकर्मा र बिजन बस्नेतको रहेको छ । हरपल संघर्ष गरिरहेका मानिसहरूकै कथा उठाएको नाटकले मानिसले आफूलाई खोज्ने यात्रामा सम्भावनाहरू ओझेलमा परिरहँदा के–कस्तो पीडा भोग्नुपर्छ भनेर देखाउने बताइन्छ ।
आगामी साउन १८ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे अतिरिक्त सो पनि हुनेछ । नाटकका सह–निर्देशक रोहित थापा हुन् भने स्टेज म्यानेजरको रूपमा विशाल केसी रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij