Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

पौडी सिक्न गएका ९ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु, प्रशिक्षक पक्राउ

पौडी सिक्न गएका ९ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु, प्रशिक्षक पक्राउ

पौडी खेल्ने कला सिक्न गएका पर्साका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। वीरगञ्जस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई उपचारकाे लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

‘प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ,’ एसपी मिश्रले भने, ‘अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको हो। हामी थप अनुसन्धानमा छाैँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij