Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन रोक

काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकारहरूलाई जानकारी गराउँदै भोलिदेखि कात्तिक ८ गतेसम्म मैदानमा भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण, ड्रोन उडान तथा अन्य प्रयोजनका लागि प्रवेश अनुमति नदिइने जनाएको हो।

मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको क्यानले स्पष्ट पारेको छ। निर्णयबाट पर्न जाने असुविधाप्रति सङ्घले क्षमासमेत मागेको छ।

यसैबीच, क्यानले आगामी आइतबार, कात्तिक ८ गते तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल–३) को तयारीसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij