Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

भरतपुर महानगरपालिकाद्वारा ७ हजारभन्दा बढीलाई निःशुल्क तालिम

भरतपुर महानगरपालिकाद्वारा ७ हजारभन्दा बढीलाई निःशुल्क तालिम

चितवन : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीपमूलक तालिम दिएको छ ।

महानगरस्तरीय, वडास्तरीय तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा प्रदान गरिएका यी तालिममा २ हजार ५९१ पुरुष र ४ हजार ६५० महिला सहभागी भएका थिए ।

रोजगारी शाखाका अनुसार प्लम्बिङ, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, केयर गिभर, ब्युटी पार्लर, फेसन डिजाइन, मन्टेस्वरी, बुटिक, पोते, झोला–जुत्ता बनाउने, पञ्चेबाजा, चित्रकला, कपाल काट्ने, ड्राइभिङ, कृषि, बेकरी, साबुन–फिनेल, सेनेटरी प्याड, घरेलु फोहोर व्यवस्थापनलगायत विभिन्न विषयका तालिम १५ दिनदेखि ३ महिनासम्म सञ्चालन गरिएका थिए ।

महानगर प्रमुख रेनु दाहालका अनुसार, भरतपुरमा पूर्वाधार विकाससँगै दक्ष जनशक्तिको माग बढ्दै गएकाले निःशुल्क तालिमलाई प्राथमिकता दिइएको हो । हाल उद्योग–कलकारखानामा दक्ष जनशक्तिका लागि भारतसहित अन्य मुलुकमा निर्भर रहनुपरेको बताउँदै उनले सीपयुक्त बनाइएका युवालाई स्वरोजगारमार्फत स्वदेशमै बस्न सक्ने वातावरण बनाउन तालिमको व्यवस्था गरिएको प्रस्ट्याइन् ।

महानगरले आगामी वर्षमा निःशुल्क तालिम कार्यक्रमलाई अझ व्यापक बनाउने तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट