काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कुनै पनि निर्णय लिनुअघि पर्याप्त सोचविचार गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै भट्टराईले ‘दश चोटि नाप्नू, एक चोटि काट्नू’ भन्ने लोकोक्ति स्मरण गर्न दुवै पक्षलाई आग्रह गरेका हुन् ।
उनले देश गलत दिशामा नजाओस् भन्नेमा सबै सचेत हुनुपर्ने संकेत गर्दै लेखेका छन्, ‘देश यदुवंशी बाटोमा नजाओस् !’
भट्टराईले आफ्नो स्टाटसमा अंग्रेजीमा रहेको अर्को भनाइ पनि उल्लेख गरेका छन् । उनको अभिव्यक्तिले पछिल्लो राजनीतिक घटनाक्रममा सत्तापक्ष र प्रतिपक्ष दुवैलाई संयमित र जिम्मेवार बन्नुपर्ने सन्देश दिएको देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij