काठमाडौँ : प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा केहीवेर अघि गोली चलेको छ।
गोली हानेर एकजना लुटेरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले थाहाखबरलाई पुष्टि गरेको छ। पक्राउ पर्नेमा सुन लुट्ने तथा डलर ठगीमा संलग्न ३१ वर्षका सुजन तामाङ रहेका छन्।
उनले सस्तोमा डलर साटिदिन्छु भनेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
एक राउण्ड हटाई फायर गर्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनी गोली हानेर समातिएको परिसरले जानकारी दिएको छ।
भोलि पत्रकारसम्मेलन गरेर विस्तृत जानकारी दिइने परिसरले बताएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij