Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाको शपथ आज

काठमाडौं : संसदीय सुनुवाइ समिति (संयुक्त) को नव निर्वाचित सभापतिमा रामहरि खतिवडाले आज शपथ ग्रहण गर्दैछन्। सोमबार बिहान ११ बजे कृषि समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ।गतको शुक्रबार खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन्।सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका थिए ।सभापतिबाट राजीनामा दिएका खतिवडालाई फेरि कांग्रेसले सुनुवाइ समितिको सभापति बनाएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट