Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

उपरदाङगढीमा वर्षौंदेखिको नेटवर्क समस्या समाधान, स्थानीय खुसी

उपरदाङगढीमा वर्षौंदेखिको नेटवर्क समस्या समाधान, स्थानीय खुसी

चितवन : चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा आधुनिक युगमा पनि नागरिकले नेटवर्कको समस्या झेलिरहनु परेको थियो। फोन लाग्न गाह्रो हुने, इन्टरनेट नचल्ने समस्याले स्थानीयवासी, विद्यार्थी तथा सेवाग्राहीहरु वर्षौंदेखि हैरान थिए।

अन्ततः त्यो समस्या समाधान भएको छ। स्थानीयवासीको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङगढीमा नेटवर्क सेवा सुचारु भएको हो।

नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत राजेन्द्र श्रेष्ठ ज्यूको नेतृत्वमा काम सम्पन्न भएको हो। उक्त कार्यमा कार्यालय प्रमुख राकेश सर र टेक्निसियन गणेश सर लगायतको टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय कर्मचारी सुरेश अधिकारी ले बताउनुभयो।

“धेरै वर्षदेखि नेटवर्क नआउँदा हामीलाई निकै समस्या थियो। अहिले टेलिकमको टिम आएर काम गरिदिएपछि सहज भएको छ,” अधिकारीले भन्नुभयो।

नेटवर्क सुचारु भएसँगै अहिले स्थानीयवासीमा खुसी छाएको छ। विद्यार्थीलाई अनलाइन पढ्न, किसानलाई सूचना लिन र सेवाग्राहीलाई कार्यालयको काम गर्न सहज हुने भएको छ।

स्थानीयवासीले नेटवर्क समस्या समाधानका लागि अहोरात्र खटिने नेपाल टेलिकमका सम्पूर्ण प्राविधिक टिमलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट